आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय

गृहमन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सेन्सिटिभ इन्फर्मेसन भिजलेन्ट टिम गठन गर्ने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८३, मंगलबार

काठमाडौं / गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन्। पदभार गर्दै उनले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णय गरेका हुन्।

उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझै बलियो बनाउने बताएका छन्। मन्त्री गुरुङले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने र हरेक फाइल खोल्ने बताए।

उनले आफूमाथि जति आरोप लगाए पनि नेपाली नागरिक र महिलाहरूमाथि विनाप्रमाण चरित्र हत्या नगर्न चेतावनी दिए ।

यस्तो छ उनको भनाइ:

‘जति पनि आरोपहरू मलाई लाइयो । अहिलेदेखि होइन जेनजी आन्दोलनदेखि म त थेग्न सकौँला विशेषा गरी कुनै नेपाली नागरिकलाई अपमान गर्न चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृहमन्त्रालय गम्भीर भएर सिरियर भएर हेर्ने छ । मलाई जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्छु ।

विशेष गरी चेलीहरू छोरीहरूलाई चरित्र हत्या गरिन्छ यसमा गृहमन्त्रालय सिरियस हुन्छ । आइन्दा समाजमा यस्तो नहोस् जति अट्याक मलाई गर्नुस् । मिडिया ट्रायलका कारण कसैले आत्म हत्या गर्न नपरोस् ।’

गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्न कार्यदल बनाउने निर्णय भएको जानकारी दिए । कार्यदलले मुद्दा फिर्ता गर्न सकिने–नसकिने सिफारिस सहितको प्रतिवेदन दिने उनको भनाइ थियो ।

गुरुङले २०५८ सालमा भएको दरबार हत्याकाण्डको थप छानबिन गर्नेसमेत घोषणा गरेका छन् । यो उनको दोस्रो निर्णय हो । राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।

गृहमन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सेन्सिटिभ इन्फर्मेसन भिजलेन्ट टिम गठन गर्ने गृहमन्त्रीको अर्को निर्णय छ । यस्तै, उनले नेपाल प्रहरी अन्तरगत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउन हाल प्रक्रियामा रहेका अनुसन्धान फाइलहरूलाई शीघ्र टुंगोमा पुर्‍याउन निर्देशन दिइने बताए ।

गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुसार विशिष्टीकृत समूह गठन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->