आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लेकसाइडमा सचेतनामूलक कार्यक्रम

लेकसाइडमा सचेतनामूलक कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८३, आइतबार

पोखरा / विश्व बालश्रमविरुद्धको दिवसको अवसरमा पोखराको लेकसाइडमा सचेतनामूलक कार्यक्रम गरेको छ । सामुदायिक सेवा केन्द्र बैदामको आयोजना र अनाहत नेपालसँगको सहकार्यमा कार्यक्रम भएको हो ।

पोखरा ६ लेकसाइडको फेवाताल किनार पैदल मार्ग तथा खहरेचोकदेखि बाराही चोकसम्म सचेतनामूलक प्रदर्शन गरे । लेकसिटी कलेजका विद्यार्थीहरूले समाचार, सन्देश, नारा, र प्रतिकात्मक रातो दागहरूको सेतो कपडा लगाएर बालबालिकाको श्रम कहाँ शोषण हुन्छ, कसले शोषण गर्दछ र शोषण उजुरी गर्नेबारे सन्देशमूलक सामग्रीसहित प्रदर्शन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईले बालबालिकालाई श्रममा लगाउन नहुने बताए ।

उनले बालबालिकालाई श्रममा तथा योनजन्य क्रियाकलापमा लगाउनेहरुलाई प्रहरीले कडा कार्वाही गर्दै आएको उल्लेख गरे ।
बालबालिका माथी हुने शोषण विरुद्ध जनचेतना जगाउन यस्ता कार्याक्रमहरु सामुदायी सेवा केन्द्र बैदामले गर्दै आएको र आगामी दिनमा पनि आयोजना गर्ने केन्द्रका अध्यक्ष ठाकुरप्रसाद बरालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->