बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

तालबाराहीदेखि दामोदर कुण्डसम्मको धार्मिक यात्रा सुरु

तालबाराहीदेखि दामोदर कुण्डसम्मको धार्मिक यात्रा सुरु


  • ढोरपाटन संवाददाता
  • असार २ २०८३, मंगलबार

पोखरा/ धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखराको फेवाताल बीचमा रहेको तालबाराही मन्दिरदेखि माथिल्लो मुस्ताङमा अवस्थित पवित्र दामोदर कुण्डसम्मको ६ दिने धार्मिक तथा पर्यटकीय भ्रमण कार्यक्रम सुरु भएको छ। पोखरा महानगरपालिकाको ‘पोखरा भ्रमण वर्ष’ र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए) को संयुक्त आयोजनामा यो यात्रा सुरु भएको हो।

टोलीले मंगलबारदेखि यात्राको शुभारम्भ गरेको छ। भ्रमणका क्रममा सहभागीहरूले पवित्र दामोदर कुण्डका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिर र यात्राको रुटमा पर्ने अन्य विभिन्न मठमन्दिरहरूको समेत दर्शन एवं भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ।

पोखरा भ्रमण वर्षको सन्दर्भमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटनलाई थप गतिशील बनाउन र देशका प्रमुख धार्मिक गन्तव्यहरूलाई आपसमा जोड्नका लागि यो कार्यक्रम निकै उपयोगी हुने विश्वास लिइएको छ।

यात्राको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धार्मिक पर्यटनलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि महानगरले विशेष पहल गरिरहेको बताए । टोलीलाई सम्बोधन गर्दै उनले धार्मिक क्षेत्रको भ्रमणपछि प्राप्त हुने वस्तुनिष्ठ रिपोर्टका आधारमा महानगरले नयाँ कार्ययोजना बनाउने जानकारी दिए ।

‘पर्यटन क्षेत्रका सवारी व्यवस्थापन गर्ने साथीहरू र सञ्चारकर्मीहरूको टोलीले स्थलगत भ्रमण गरी त्यहाँको वास्तविक अवस्था, यात्रुहरूले भोग्नुपरेका समस्या, आवास र खानाको व्यवस्थाबारे विस्तृत अध्ययन गर्नेछ। यसले आगामी दिनमा पर्यटकका लागि थप सहज वातावरण बनाउन मद्दत पुग्नेछ’ उनले भने ।

संघका अध्यक्ष रविप्रसाद आचार्यले धार्मिक पर्यटन प्रवर्द्धनका लागि भ्रमण फलदायी हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->