पोखरा/पोखरा–८, सृजनाचोकमा रहेको सृजना सेकेण्डरी स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत यही असार ५ गते शुक्रवारका दिन विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना माविको व्यवस्थापनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीबीच अन्तर सदनात्मक नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको नेपाली विभाग प्रमुख विष्णुप्रसाद सुवेदीको संयोजकत्वमा सम्पन्न भएको उक्त प्रतियोगिता कक्षा ९ र १० को लागि तहगत र कक्षा ४ देखि ८ सम्मका लागि कक्षागत रूपमा सञ्चालन भएको थियो ।
उक्त कार्यक्रको सञ्चालन ९ र १० मा विष्णुप्रसाद सुवेदी, कक्षा ८ मा सुरेन्द्र काफ्लेले गरेका थिए । यसैगरी कक्षा ७ मा रिता आचार्य, कक्षा ६ मा इन्दु सुवेदी, कक्षा ५ मा मिना शर्मा, कक्षा ४ मा अम्बिका कार्कीले पावर प्वाइन्ट तयार पारी सञ्चालन गरेका थिए ।
उक्त प्रतियोगितामा कक्षा ९ र १० बाट निलो सदनले प्रथम र हरियो सदनले द्वितीय स्थान हासिल गर्न सफल भए भने कक्षा ८ बाट हरियो सदनले प्रथम र पहेँलो सदनले द्वितीय स्थान हासिल गर्न सफल भए ।
यसैगरी कक्षा ७ बाट हरियो सदन प्रथम, पहेँलो सदनले द्वितीय स्थान हासिल गरे भने कक्षा ६ मा पनि रातो सदन प्रथम, निलो सदनले द्वितीय स्थान हासिल गरे । कक्षा ५ मा निलो सदनले प्रथम र पहेँलो सदनले द्वितीय स्थान हासिल गर्नुका साथै कक्षा ४ मा निलो सदनले प्रथम र रातो सदनले द्वितीय स्थान प्राप्त गरेको कुरा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख गौतम तामाङले जनाए ।





