शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सबै विश्वविद्यालयमा नियुक्त भए उपकुलपति, कुनमा को ?

सबै विश्वविद्यालयमा नियुक्त भए उपकुलपति, कुनमा को ?

त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा र पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८३, शुक्रबार
भोला थापा।

काठमाडौं / शुक्रवार सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् ।

यसरी नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका हुन् ।

खुला प्रतिस्पर्धाबाट उनीहरूलाई नियुक्त गरिएको हो । उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । उक्त समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले उनीहरुलाई नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->