आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

डा. बुद्धि मल्लको दोश्रो पुस्तक “सपना साकार हुन्छन्” बजारमा

डा. बुद्धि मल्लको दोश्रो पुस्तक “सपना साकार हुन्छन्” बजारमा


  • ढाेरपाटन संवाददाता
  • साउन २ २०८३, शनिबार

पोखरा/ बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक “सपना सकार हुन्छन्” बजारमा आएको छ । यसअघि “सफलता सम्भव छ” पुस्तक बजारमा ल्याएका लेखक डा. मल्लले अहिले “सपना सकार हुन्छन्” पुस्तक ल्याएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रम बिच भएको बिमोचन कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।

शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक बिमोचन कार्यक्रम शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले अध्यक्षता र नेपाल ब्यवस्थापन संघका अध्यक्ष डा.हेमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बरिष्ठ पत्रकार तथा लेखक रोहित भण्डारी र मोटिभेटर एवं लेखक तुलसी निरौलाले पुस्तकमाथि समिक्षा गरेका थिए ।

कार्यक्रममा बक्ताहरुले पुस्तकमा सानो सोंच्ने जोखिमबाट बच्छ, ठुलो सोंच्ने ईतिहांस रच्छ, संधैभरी बिद्यार्थी, प्रतिकूलता परिक्षा हो, आंशु पुछ्ने हात नै महान् हुन्छन्, कोमल आेंठबाट बाणजस्तो शब्द ननिकाल्नु, सफल दाम्पत्यको लागि मनको कुरा बुझ्नुपर्छ, नेतृत्वका प्रकार ः असल, खराब र कुरुप, अवसरलाई नचिन्ने संधै बन्छ खिन्न, समस्या समाधानमा फाईभ ह्वाई सिद्धान्त जस्ता बिभिन्न शिर्षकहरुमा ४९ वटा लेखहरु संग्लग्न गर्नुका साथै लेखकको अघिल्लो पुस्तक “सफलता सम्भव छ” मा समावेश गरिएका लेखकहरुको सारंश समेत समावेश गरिएकोले पुस्तक सबै बर्गहरुको लागि उपयोगी भएको बताएका थिए ।

पूर्व संचारकर्मी तथा बैंकर कल्पना मल्लले सञ्चालन गरेको कार्यक्रममा पुस्तक नेपालभर बिभिन्न पुस्तक पसलमा उपलब्ध हुनुको साथै दराज, पुस्तक घर अनलाईनबाट समेत मगाउन सकिनुका साथै शिखा बुक्सको फोन नम्बरमा सम्पर्क गरेर पनि मगाउन सकिने जानकारी दिईएको थियो । पुस्तकले मानिसहरुमा केहि हदसम्म नकरात्मक हटाउन र आशा बढाउन, म सक्दिन कि भनेर अन्यौलमा रुमलिइरहेकाहरुमा म गर्न सक्छु भन्ने भावना जागृत गराउन सहयोगी बन्न सक्ने लेखक डा. मल्लले बिश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->