बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वत दुर्घटनामा २ जनाको मृत्यु, १ जना घाइते

पर्वत दुर्घटनामा २ जनाको मृत्यु, १ जना घाइते

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका-५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-१७ बिरौटामा बस्दै आएका २२ वर्षीय उदय सापकोटा घाइते भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • साउन २ २०८३, शनिबार

पर्वत / पर्वतको कुश्मा नगरपालिका-९ मा शनिवार दिउसो भएको ट्र्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार दिउसो करिब साढे २ बजेको समयमा एकोहोरोपाखास्थित दोविल्ला-फलेवास सडक खण्डमा कुश्माबाट साइकल चोकका लागि छुटेको ग १ त ७२७३ नं. को ट्र्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ट्र्याक्टरका चालक कुश्मा नगरपालिका-७ बस्ने २८ वर्षीय सुजन नेपाली र सोही ट्र्याक्टरमा सवार कुश्मा नगरपालिका-९ साइकल चोकमा बस्दै आएका १४ वर्षीय शिशिर लामिछानेको मृत्यु भएको हो ।

नेपालीको टाउको, दुवै हात खुट्टा शरीरको विभिन्न भागमा तथा लामिछानेको पेट र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको छ ।

दुर्घटनामा परी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटामा बस्दै आएका २२ वर्षीय उदय सापकोटा घाइते भएका छन् ।

दुवै खुट्टामा चोट लागेर अवस्था सामान्य रहेका उनको प्रदेश अस्पताल पर्वतमा उपचार चलिरहेको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार ट्र्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->