बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

कुवेतमा आक्रमण गर्दै इरानले भन्यो: ‘अपरेसन लाइटनिङ’को सत्रौँ चरण सुरु गर्‍यौँ

कुवेतमा आक्रमण गर्दै इरानले भन्यो: ‘अपरेसन लाइटनिङ’को सत्रौँ चरण सुरु गर्‍यौँ


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८३, आइतबार

काठमाडौं / इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूविरुद्ध फेरि हवाई हमलाको नयाँ अभियान थालिएको घोषणा गरेको छ।

बीबीसी फारसीका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सहरी क्षेत्रमा अमेरिकाले गरेको आक्रमणको जवाफमा अपरेसन लाइटनिङको १७औँ चरण सुरु गरिएको छ।’

इरानी सेनाका अनुसार, यो अपरेसनअन्तर्गत कुवेतको क्याम्प अल-अदिरीमा रहेको अमेरिकी हतियार भण्डारलाई निसाना बनाइएको छ। यसैगरी अली अल-सलेम एयर बेसमा रहेको सैन्य उपकरण र कर्मचारी सुविधालाई पनि फेरि लक्ष्य गरिएको छ।

सार्वजनिक भिडिओ:

इरानले अमेरिकासँग हालै तनाव बढेदेखि कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा निरन्तर आक्रमण गरिरहेको दाबी गरेको छ। यद्यपि यो दाबी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।
यसैबिच, कुवेती सेनाले इरानको हवाई आक्रमणको जवाफ दिइरहेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->