मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

४ सय पालिकाको कित्ताकाट रोकियो

४ सय पालिकाको कित्ताकाट रोकियो


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०८३, मंगलबार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

तस्बिर गुगलबाट
पोखरा/देशभरिका महानगरपालिका, नगरपालिका र गाउँपालिका गरी करिब ४ सय पालिकामा जग्गा कित्ताकाट रोकिएको छ । भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली, २०७९ अनुसार भूमिको समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका लागि अनिवार्य गर्नुपर्ने वर्गीकरण नगरेका सबै नगरपालिका र गाउँपालिकामा कित्ताकाट रोकिएको हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले वर्गीकरण नभएका कुनै पनि पालिकामा साउनदेखि जग्गा कित्ताकाट गर्न नपाइने बताए । अंशबण्डा, अदालतको आदेशले कित्ताकाट गर्नू भनेको अवस्थामा भने कित्ताकाट रोकिँदैन ।

सरकारले २०८२ कात्तिकमा भूउपयोग नियमावली संशोधन गरेर २०८३ असारसम्मका लागि वर्गीकरण नभएका पालिकामा पनि कित्ताकाट गर्न पाइने प्रावधान राखेको थियो । नियमावली बनेको साढे तीन वर्ष भइसक्दा पनि ७ सय ५३ मध्ये आधा पालिकाले पनि वर्गीकरण गरेकाछैनन् ।

कृषियोग्य भूमि संरक्षणका लागि सरकारले कित्ताकाट अघि नै जग्गाको वर्गीकरण अनिवार्य गरेको हो ।गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मी पाण्डे जग्गा वर्गीकरण गर्ने म्याद थप्नुपर्ने बताउँछिन् । पालिकाहरूले कोशिस गर्दा गर्दै दक्ष जनशक्तिको अभावमा वर्गीकरण गर्न समय लागेको उनको भनाइ छ ।‘जग्गा वर्गीकरण पालिकाको जटिल मध्येको एउटा काम हो । सरकारले म्याद थपेर तत्काललाई कित्ताकाट खोल्न पाउने व्यवस्था गर्नुपर्दछ,’ अध्यक्ष पाण्डेले भनिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->