मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

व्यवस्थित बन्यो सीताघाट

व्यवस्थित बन्यो सीताघाट


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०८३, शुक्रबार

पोखरा–१७ सीतापाइलामासीताघाट महानगरपालिका, विभिन्न संघ, संस्था तथा स्थानीयको ५१ लाख ७९ हजार सहयोगमा व्यवस्थित
पोखरा/पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराका धार्मिक तथा सांस्कृतिक सम्पदालाई समेटेर धार्मिक पर्यटकीय सर्किट बनाइने जनाएका छन् । पोखर–१७, महतगौंडा स्थित सीतापाइला घाटमा बनेका पूर्वाधार बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

सेतीनदी किनारमा धार्मिक स्थलको संरक्षण र पूर्वाधार विकासले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे । दृढ इच्छा शक्ति, इमान्दारिता र पारदर्शिताका साथ सञ्चालन गरिने विकास निर्माणका काम गुणस्तरीय हुने विश्वास व्यक्त गर्दै उनले विकास आयोजनाको प्रभावकारिता कायम राख्न स्थानीय समुदायको निगरानी र सक्रिय सहभागिता आवश्यक रहेको औंल्याए ।

पोखरालाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा थप स्थापित गर्न प्राकृतिक सम्पदासँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा महानगरले विशेष ध्यान दिएको उनको भनाइ छ । धार्मिक पर्यटकीय सर्किट निर्माण भएपछि आन्तरिक तथा बाह्रय पर्यटकको बसाइअवधि बढ्नुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ ।

पोखरा महानगरपालिका वडा नं. १७ की वडाध्यक्ष राधिका शाही योगीले सीतापाइला घाटको व्यवस्थापन भएसँगै सेतीनदीमा स्नान गर्न आउने भक्तजन तथा अन्त्येष्टि कार्यका लागि शवदहन गर्न आउने परिवारलाई सहज हुने बताइन् । धार्मिक आस्था, संस्कार र संस्कृतिसँग जोडिएका यस्ता स्थलको संरक्षण र व्यवस्थित विकासलाई महानगरले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

पोखरा महानगरपालिका, विभिन्न संघ, संस्था तथा स्थानीय व्यक्तिको सहयोगमा ५१ लाख ७९ हजार रुपैयाँ लागतमा घाट व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माण गरिएको हो । सिंढी बाटो निर्माण तथा सीताघाट व्यवस्थापन समितिका कोषाध्यक्ष लेखनाथ चालिसेलेविकास निर्माणका लागि पोखरा महानगरपालिकाले २७ लाख ८६ हजार ८ सय १२ र विभिन्न संघसंस्था तथा व्यक्तिबाट २३ लाख ९९ हजार ३९२ रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिए ।

समितिका अध्यक्ष लोकराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि शिवराम भण्डारी, सदाशिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, समाजसेवी नगेन्द्र गुरुङ, विक्रम भण्डारी लगायतले बोलेका थिए । बाटो निर्माणसँगै सेतीनदी किनारमा रहेको करिब ५० रोपनी सार्वजनिक जग्गामाढुंगेसाँघु मेलाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->