
पोखरा/कास्कीको रुपा गाउँपालिका वडा नं. ६, फाल्भन्ज्याङमा निर्मित कृषि तथा पशु सेवा शाखाको भवन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले बिहीबार भवन उद्घाटन गरे ।
अध्यक्ष ओझाले पालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि विशेष बजेट विनियोजन गरिएको बताए । उपाध्यक्ष लालसुब्बा गुरुङ कृषकको प्रयासलाई पालिकाले पनि सक्दो सहयोग गर्दै आएको जनाइन् ।
पशु शाखा प्रमुख पशु चिकित्सक सुशील अर्यालले नयाँ सुविधा सम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाह थप प्रभावकारी र सहज हुने अपेक्षा गरे । गाउँपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ पौडेलले पालिकाबासीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले स्थानीय सरकारले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको जनाए ।
वडानम्बर २ का अध्यक्ष राजन सुवेदीले कृषक पनि प्राविधिसँग जोडिनुपर्ने विचार राखे । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष राजन खनाल, सूचना प्रविधि अधिकृत लक्ष्मण पंगेनी लगायतले बोलेका थिए ।





