मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

जेन्जी आन्दोलनमा बाल सुधार गृहबाट फरार बालबन्दी पक्राउ

जेन्जी आन्दोलनमा बाल सुधार गृहबाट फरार बालबन्दी पक्राउ

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनलाई पोखरा–१३ स्थित माछापोखरीबाट पक्राउ गरेको हो ।


  • ढाेरपाटन संवाददाता
  • साउन ८ २०८३, शुक्रबार

पोखरा/ जेन्जी आन्दोलनका क्रममा सराङकोटस्थित बाल सुधार गृहबाट फरार एक बालबन्दीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। जबरजस्ती करणी कसूरमा पुर्पक्षका लागि थुनामा रहेका ती बालबन्दीलाई साउन ७ गते प्रहरीले नियन्त्रणमा लिएको हो।

२०८२ भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा उनी बाल सुधार गृहबाट फरार भएका थिए। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनलाई पोखरा–१३ स्थित माछापोखरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पक्राउ परेका बालबन्दीलाई आवश्यक कारवाहीका लागि कारागार कार्यालय कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।

जेन्जी आन्दोलनका क्रममा ९ जना बालबन्दी फरार भएका थिए । उनीहरुमध्ये एकजना पक्राउ परेका हुन् । अझै ८ जना बालबन्दी फरार रहेको सुधार गृहका प्रमुख दुर्गाराज सुवेदीले बताए । उनका अनुसार सुधार गृहमा हाल १०६ जना कानुनको विवादमा परेका बालहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->