मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बालिका बलात्कारको आरोपमा दुई पक्राउ

बालिका बलात्कारको आरोपमा दुई पक्राउ


  • ढाेरपाटन संवाददाता
  • साउन ८ २०८३, शुक्रबार

बागलुङ/प्रहरीले बालिका बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. ७ र बडिगाड गाउँपालिका वडा नं. ७ का दुई ७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

बडिगाड–७ की ७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय ६० वर्षिय कुलबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । गुरुङलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको हो ।

त्यस्तै निसीखोला–७ की ७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय ५८ वर्षिय देवबहादुर कुँवरलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक त्वातीले बताए । कुँवरलाई प्रहरीले गत साउन ५ गते पक्राउ गरेको हो । पक्राउ परेकालाई जिल्ला अदालत बागलुङबाट म्याद थप गरि अनुसन्धान गरिरहेको त्वातीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->