शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खेम र गोपाललाई पुरस्कार

खेम र गोपाललाई पुरस्कार


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८३, शनिबार

पोखरा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा) लाई प्रदान गरिने भएको छ ।

प्रतिभा छनोट समितिले गरेको सिफारिस अनुसार फोनिज गण्डकीको बैठकले सारुमगर र जिटीको नाम अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिइन् । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पत्रकार सारुमगर र जिटीको नाम सिफारिस गरेको हो ।

समितिका सदस्यमा फोनिज गण्डकी संघीय सचिव एमबी आस्था मगर, फोनिज गण्डकीका सल्लाहकार मनोज घर्तीमगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर थिए । सारुमगर सार्वजनिक सेवा प्रशारण रेडियो नेपाल, प्रादेशिक प्रशारण केन्द्र, पोखरामा कार्यरत छन् । तत्कालीन रेडियो नेपाल क्षेत्रीय प्राशारण केन्द्र, पोखरामा २०५१ सालबाट पत्रकारिता सुरु गरेका सारुमगरसँग समाचार वाचक (मगर भाषा), समचार सम्पादक हुँदै वरिष्ठ सम्पादक भई कार्य गरेको अनुभव छ ।

स्याङ्जाका जिटी २०६७ सालदेखि सञ्चारकर्म जोडिएका हुन् । उनले सामुदायिक रेडियो वालिङ एफएम र वालिङ टेलिभिजनमा काम गरिसकेका छन् । अहिले उनी प्रमाण मिडिया ग्रुप प्रालि अन्तर्गतको प्रमाण न्यूज साप्ताहिक र प्रमाण अनलाइनमा कार्यरत छन् ।

उनीहरुलाई फोनिज स्थापना दिवसका अवसरमा साउन २१ गते पोखरामा सम्मान समारोह आयोजना गरी पुरस्कृत गरिनेछ । पोखराका व्यवसायी विमलमान गुभाजु र उनको परिवारले आफ्ना बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् ।

यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादु तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरकी कमला राना, गोरखाका कैलाशबाबु श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->