पोखरा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ।
प्रदेश सभामा देखिएका असमझदारी र बजेट विहीनताको अवस्था अन्त्य गर्न दुवै दलबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि यो सहकार्य गरिएको सहमति पत्रमा उल्लेख छ ।
सहमती अनुसार कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा एमालेले नेतृत्व गर्ने छ । यसै गरि नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने , मधेश र गण्डकी प्रदेशमा भने अन्य दलहरूसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने दुई दलबिच सहमती भएको छ ।

सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार हस्ताक्षर गरेका छन ।





