पोखरा / प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुसरी घटनाप्रति दुःख व्यक्त गर्दै सबैलाई संयमीत हुन आग्रह गरेका छन्। मध्यराति सामाजिक सञ्जाल फेसबुकमा उनले सुनसरी घटनाले समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्था आएको बताएका छन्। यसबाट प्रधानमन्त्रीकारूपमा मात्र नभएर यही देशको नागरिककोरूपमा पनि आफू दुःखी भएको उनको भनाई छ।
‘सुनसरी घटनाबाट ज्यान गुमाएका परिवारहरूको दुःख मैले महसुस गरेको छु,’ उनले भनेका छन्, ‘सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ। फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु।’
सुनसरी घटना मन दुःख्दा सिर्जना भएको प्रधानमन्त्रीको बुझाइ छ। उनले मन दुख्नु सामान्य कुरा नभएको पनि बताएका छन्।
‘मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन। तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो। समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन। तर पनि घटनाक्रमहरू अशान्त भए।’
उनले प्रधानमन्त्रीका रूपमा मात्र नभएर यही देशका देशका नागरिकका रूपमा पनि आफू सुनसरीमा भएका घटनाक्रमबाट दुखी भएको बताएका छन्। उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना पनि गरेका छन्।
‘प्रधानमन्त्रीका रूपमा मात्र होइन, यहि देशका नागरिककारूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुखी छु। मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु,’ उनले भनेका छन्, ‘यो घटनाबाट ज्यान गुमाएका परिवारहरूको दुख मैले महसुस गरेको छु। सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ।’
उनले फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाएका छन्।
‘यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ,’ उनले भनेका छन्, ‘घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ति पुग्दो भएनन्। सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन। यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु। सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ।’
सुनसरी घटनाले सिर्जना गरेका सम्पुर्ण घटनाकाबारेमा सरकारले गम्भिर भएर समिक्षा गरेको पनि शाहले बताएका छन्।
‘तपाईहरुले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकाबारेमा गम्भिर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ,’ उनले भनेका छन्, ‘मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पूरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिनेछ। त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला। हामीलाई धर्मले सिकाउने पनि त्यहि हो।’
बालेनले मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु भएकोमा जोड दिएका छन्। ‘मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो। र, सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ,’ उनले भनेका छन्, ‘म फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमीत भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ।’
हेर्नुहोस् प्रधानमन्त्रीको भनाईको पूर्णपाठ :
नमस्कार । मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन । तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो । समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो । मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन । तर पनि घटनाक्रमहरू अशान्त भए।
प्रधानमन्त्रीकारूपमा मात्र होइन, यहि देशका नागरिककारूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट गुमाएका परिवारहरूको दुख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु।
यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ । घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ति पुग्दो भएनन् । सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु । सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ । सम्पुर्ण घटनाकाबारेमा सरकारले गम्भिर भएर समिक्षा गरेको छ । तपाईहरुले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकाबारेमा गम्भिर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ।
मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पुरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिनेछ । त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला । हामीलाई धर्मले सिकाउने पनि त्यहि हो।
मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ।
फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमीत भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ।






