बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

रास्वपाको वरिष्ठ नेतामा वालेन्द्र शाह मनोनीत

रास्वपाको वरिष्ठ नेतामा वालेन्द्र शाह मनोनीत

बैठकमा सभापति रवि लामिछानेले शाहलाई वरिष्ठ नेतामा मनोनित गर्ने प्रस्ताव राखेका थिए। 


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०८३, बुधबार

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेतामा मनोनीत भएका छन्। बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको हो। बैठकमा सभापति रवि लामिछानेले शाहलाई वरिष्ठ नेतामा मनोनित गर्ने प्रस्ताव राखेका थिए।

त्यसलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतिबाट पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। यसअघि पनि शाह रास्वपाको वरिष्ठ नेता थिए।

सभापतिले गर्ने अन्य मनोनयनलाई भने थाँति राखिएको छ । आज जारी केन्द्रीय समिति वैठकमा अन्य मनोनयनको प्रस्ताव नआएको केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपामा एक उपसभापति र एक महामन्त्रीसहित ११ पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->