बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

सिरहामा गोली लागेर एकजनाको मृत्यु, एक घाइते

सिरहामा गोली लागेर एकजनाको मृत्यु, एक घाइते

निषेधाज्ञा पनि जारी छ । तर, प्रदर्शनकारीहरू सडकमा आन्दोलन गरिरहेका छन् ।


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८३, बिहिबार

सिरहा / सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । उनको शव हालसम्म सडकमा नै छ ।

त्यस्तै, गोली नै लागेर एकजना घाइते भएका छन् । उनलाई थप उपचारको लागि नेपाली सेनाले अस्पताल लगेको बरालले जानकारी दिए ।

सुनसरी घटनापछि तरंगित मधेसका विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ । निषेधाज्ञा पनि जारी छ । तर, प्रदर्शनकारीहरू सडकमा आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->