मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

धौलागिरि जागरणका प्रधानसम्पादक जिसीलाई मातृशोक

धौलागिरि जागरणका प्रधानसम्पादक जिसीलाई मातृशोक


  • ढाेरपाटन संवाददाता
  • साउन २० २०८३, बुधबार

बागलुङ/धौलागिरि जागरण दैनिकका प्रधान सम्पादक राम बहादुर जिसीलाई मातृशोक परेको छ ।

जिसीको माता नन्द कुमरी घर्ति क्षत्रीको बुधबार काठेखोला गाउँपालिका–७ रेश कमेरेखोल्सास्थित आफ्नै निवासमा निधन भएको हो । क्षत्री संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अन्जुको ममतामयी सासुआमा समेत हुन् ।

क्षत्रीको स्वास्थ्य अवस्था जटिल बनेपछि दुई साता पोखरास्थित गण्डकी मेडिकल कलेजमा सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उपचारपछि सामान्य अवस्थामा घर ल्याइएकोमा बुधबार बिहान नौ बजे क्षत्रीको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->