सोमबार, साउन २५ २०८३

सोमबार, साउन २५ २०८३
  • २५ साउन २०८३ , सोमबार
  • August 10 2026

सहज बन्दै चुलो

सहज बन्दै चुलो


  • अमृत बास्कुने
  • साउन २५ २०८३, सोमबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; sv:16.2.10.0.W20; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 49;

म्याग्दी/बेनीमा खाना पकाउने एलपी ग्याँसको आपूर्ति विस्तारै सहज भएको छ । पछिल्लो समय चलेको इरान–अमेरिका युद्धका कारण उपभोक्ता समस्यामा परिरहेका बेला स्थानीय प्रशासनको समन्वयमा ग्याँस वितरण गर्न थालिएपछि उपभोक्तालाई सहज भएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा स्थानीय व्यवसायीको समन्वयमा बेनी बजार र आसपासका क्षेत्रमा ग्याँस वितरण गरिएको हो । आइतबार शक्ति ग्यास प्रालिको ग्यास जलजला गाउँपालकिा पर्वत बेनी र बेनी नगरपालिका म्याग्दी बेनीका ३२ वटा पसलमा गरी ९ सय ९५ थान ग्यास सिलिन्डर आएको थियो ।

यसअघि पनि दुई दिनअघि ग्यास आएपछि प्रशासनकै समन्वयमा वितरण गरिएको थियो । ग्याँस वितरणका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्य बजारमै खटिएर उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सहजीकरण गरेका थिए । उनले ग्याँस अभावको समयमा आवश्यकताका आधारमा वितरणलाई व्यवस्थित गर्न प्रशासनले समन्वय गरेको बताए ।

‘ग्यास अभाव भएको समयमा प्रशासनले सहजीकरण गर्दा अत्यावश्यक भएकाले ग्याँस पाऊन् र कसैले पनि वैकल्पिक व्यवस्थाका लागि स्टक गरेर नराखून् भन्ने हाम्रो प्रयास हो,’ सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।

पर्वतको जलजला गाउँपालिकाअन्तर्गत पर्वत बेनी र म्याग्दीको बेनी नगरपालिकाअन्तर्गत म्याग्दी बेनीका विभिन्न ३२ वटा पसलमा पाँचदेखि १ सय थानसम्म ग्यास सिलिन्डर पुगेको थियो ।

मागअनुसार ग्यास उपलब्ध हुन थालेपछि उपभोक्ताको चाप पनि घट्दै गएको छ । कतिपयले स्टकका लागि आएर लाइन बस्ने गरेको भए पनि ग्याँस सकिएको कारण भोकै बस्न पर्ने अवस्थामै उपभोक्ता अहिले नपुगेको व्यवसायी भगवान बरुवालले बताए । उनले प्रशासनसँगको समन्वयमै आफ्नो पसलमा आएको ग्याँस वितरण गरिएको बताए । बरुवालले आफू सँग पसलमा करिब ३ सय वटा खाली सिलिन्डर भए पनि आइतबार ४० थानमात्रै ग्यास प्राप्त भएको जानकारी दिए ।

यसअघि ग्याँस अभाव भएपछि उपभोक्ताले लामो समय कुर्नुपर्ने तथा खाली सिलिन्डर लिएर विभिन्न पसलमा धाउनुपर्ने अवस्था थियो । प्रशासन, उद्योग वाणिज्य संघ र व्यवसायीबीचको समन्वयमा ग्याँस वितरण हुन थालेपछि तत्कालका लागि समस्या कम भएको व्यवसायीको भनाइ छ । रघुगंगा गाउँपालिका–३ पिप्लेबाट ग्यास लिन बेनी आएका सुनील शाहीले प्रशासनको सहजीकरणका कारण आफूले सहज रूपमा ग्यास पाएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->