सोमबार, साउन २५ २०८३

सोमबार, साउन २५ २०८३
  • २५ साउन २०८३ , सोमबार
  • August 10 2026

पोउवासंघ सामुन्ने चौतारो

पोउवासंघ सामुन्ने चौतारो


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०८३, सोमबार

पोखरा/पोखरा उद्योग वाणिज्य संघले पोखरा–४, गैह्रापाटनमा रहेको सचिवालय अगाडि विश्राम चौतारी निर्माण गरेको छ । चौतारोमा आइतबार पोखरा महानगपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले नारेश्वरको विरुवा रोपे ।

उनले चौतारोक अनावरणसमेत गरे । यसअघि पनि सो ठाउँमा चौतारौ नै थियो । तर, चौतारोमा रहेको राजवृक्ष सुकेपछि त्यसको पुनर्निर्माण र नयाँ विरुवा रोपिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । चौतारो निर्माणको अभियानलाई वडा कार्यालय तथा स्थानीय आमा समूहले सघाएको र स्थानीयको सहमति रहेको उनको भनाइ छ ।

वडाध्यक्ष पराजुलीले पोखरा चौतारो नै चौतारोको सहर भएको स्मरणमात्र गरेनन्, वडाले अहिले ५ ठाउँमा यस्तै चौतारी बनाएको जानकारी पनि दिए । स्थानीय लक्ष्मीदेवी पराजुलीले चौतारी निर्माणले गैह्रापाटनमा अर्को विश्रामस्थल थपिएको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->