बिहिबार, साउन २८ २०८३

बिहिबार, साउन २८ २०८३
  • २८ साउन २०८३ , बिहिबार
  • August 13 2026

जिएमसीले रोक्यो इन्टर्न भत्ता

जिएमसीले रोक्यो इन्टर्न भत्ता


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८३, बिहिबार

पोखरा/निजी अस्पतालरूले इन्टर्नमा रहेका चिकित्सकको तलब/भत्ता दिन बन्द गरेपछि चिकित्सकहरू आन्दोलित भएका छन् । पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजका इन्टर्न चिकित्सकले अस्पताल प्रशासनले तलबसमेत रोक्का गरेपछि बुधबार अस्पतालअघि विरोध प्रदर्शन गरे ।

उनीहरूले अस्पतालले श्रम शोषण गर्दै पेशाको मर्यादा विपरीत काम गरेको जनाए । इन्टर्न डाक्टर प्रविण ओझाले हाल १२ हजारमा इन्र्टन गरेको भए पनि निजी अस्पतालको छाता संगठनले गरेको निर्णय खेदपूर्ण रहेको बताए । एसोसिएसन अफ प्राइभेट मेडिकल कलेज(अफिन)ले हालै निकालेको सूचनाले आफूहरुलाई समस्यामा पारेको र एक वर्ष निशुल्क काम गर्न नसकिने उनको भनाइ छ ।

‘हामी १२ हजार पाँच सयमा पनि काम गर्दै आएका छौँ, अहिले एसोसिएसनले इन्टर्नलाई तलब बिना एक वर्ष काम गराउने भन्ने सुनियो,’ उनले भने, ‘प्रशासनले योएसोसिएसनले गरेको हो, हामीले होइन भनेपछि हामी आन्दोलनमा उत्रिएका हौं । माग पूरा नभएसम्म यो रोकिने छैन ।’

आन्दोलन चलिरहँदा कुनै किसिमको दबाब नदिनसमेत आन्दोलनकारीले चेतावनी दिएका छन् । कुनै पनि विद्यार्थीलाई एक्लै बोलाएर पेल्न खोजे र धम्की दिए त्यो सह्य नहुने उनहरुको भनाइ छ । इन्र्टन डाक्टर आकृति सापकोटाले कुनै बेला ३६ घन्टासम्म काम गर्नु परेको जनाउँदै त्यसको कदर नभएको जनाइन् । ‘आफ्नो हेल्थसम्म नहेरी पेसेन्टका लागि खटिन्छौं, अहिलेसम्म १२ हजारमा काम गरेका थियौं, अब त्यो पनि नदिई श्रम शोषण गर्ने तयारी देखियो । गण्डकी मेडिकल कलेजमा हाल ७५ इन्टर्न चिकित्सक छन् ।

हालैमात्र एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले पिजी रेजिडेन्ट चिकित्सक र एमबिबिएस÷बिडिएस इन्टर्नलाई थप भत्ता तथा आर्थिक सुविधा उपलब्ध गराउन नसकिने जनाएको छ ।

एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्र मान सिंह कार्कीद्वारा जारी विज्ञप्तिमा सरकारले निजी कलेजहरूसँग पर्याप्त संवाद र सहमति नगरी आर्थिक दायित्व थोपरेको आरोप दाबी गर्दै अर्को निर्णय नभएसम्म कुनै पनि थप भत्ता, भुक्तानी नगर्न सदस्य कलेजहरूलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->