आइतबार, साउन ३१ २०८३

आइतबार, साउन ३१ २०८३
  • ३१ साउन २०८३ , आइतबार
  • August 16 2026

रोटरी क्लब अफ पर्वतको १७ औँ अध्यक्षमा अधिकारीको पदस्थापन

रोटरी क्लब अफ पर्वतको १७ औँ अध्यक्षमा अधिकारीको पदस्थापन


  • ढाेरपाटन संवाददाता
  • साउन ३० २०८३, शनिबार

पर्वत/  रोटरी क्लब अफ पर्वतको १७ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।  वर्ष २०२५/०२६ का अध्यक्ष लक्ष्मी कुमारी मेघासीले वर्ष २०२६/०२७ का अध्यक्ष डासीराम अधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ कार्यकालका लागि पदस्थापन भएको हो ।

शनिवार कुश्मामा आयोजना भएको कार्यक्रममा अघिल्लो कार्यकालका पदाधिकारीले यस वर्षको कार्यकालका पदाधिकारीहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेका हुन् । पदस्थापन कार्यक्रममा अध्यक्ष डासीराम अधिकारीलाई असिस्टेन्ट डिस्ट्रिक्ट गभर्नर टुवराज बास्तोलाले शपथ खुवाएका थिए भने अध्यक्ष अधिकारीले क्लबका पदाधिकारी तथा सदस्यहरूलाई शपथ खुवाए ।

पदभार ग्रहण गर्दै अध्यक्ष अधिकारीले रोटरी क्लबले सामाजिक सेवाका क्षेत्रमा गरिरहेको योगदानलाई अझै प्रभावकारी बनाउने बताए । स्वार्थभन्दा माथि सेवा भन्ने मूल नाराका साथ सामाजिक अभियानहरू चलाइरहेको क्लबले आगामी दिनमा पनि सेवाका कामहरूमा महत्त्वपूर्ण योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफू बाँच्नु मात्रै नभएर अरूलाई पनि बचाउनका लागि समाजका हरेक व्यक्तिबाट केही न केही सहयोग हुनुपर्छ मान्यता रोटरीयनहरुले राख्ने गरेको भन्दै अध्यक्ष अधिकारीले सामाजिक सेवा नेपालीहरूको संस्कार र सभ्यता समेत भएको उल्लेख गरे । अझै पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने भएकोले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रलाई पहिलो, शिक्षालाई दोस्रो र युवा तथा नेतृत्व विकासलाई तेस्रो प्राथमिकतामा राखिने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वर्ष २०२४/०२५ का डिस्ट्रिक्ट गभर्नर विनोद कोइराला, असिस्टेन्ट डिस्ट्रिक्ट गभर्नर भवनराज बराल, टुबराज बास्तोला, चार्टर प्रेसिडेन्ट विश्वप्रकाश प्रसाईँ, असिस्टेन्ट गभर्नर जोन भी विप्लव हमाल लगायतले रोटरी क्लबमार्फत समाज सेवाका विभिन्न क्रियाकलाप तथा रोटरी अभियानका बारेमा बताए ।

अघिल्लो कार्यकालकी अध्यक्ष लक्ष्मी कुमारी मेघासीले आफ्नो कार्यकालमा भएका प्रगतिहरू सार्वजनिक गरिन । क्लबका अध्यक्ष डासीराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव धनराज बी पौडेलले गरेका थिए । आगामी अध्यक्ष नेत्रनाथ पौडेलले अतिथिहरूलाई स्वागत गरे । कार्यक्रममा निवर्तमान तथा वर्तमान कार्यसमितिले विभिन्न तरिकाले सहयोग गरेकाहरूलाई सम्मानसमेत गरिएको छ । यस्तै क्लबले प्रकाशन गरेको पुस्तक रोटरी भोइसको पनि लोकार्पण गरिएको छ । सोही अवसरमा क्लबले सफल व्यवसायीका रूपमा मत्स्य व्यवसायी तथा पूर्व जनप्रतिनिधि विकास तिमिल्सिनालाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->