शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

डिजिटल माध्यमबाट बुहारी ग्रुपको तीज गीत प्रतियोगिता

डिजिटल माध्यमबाट बुहारी ग्रुपको तीज गीत प्रतियोगिता


  • स‌जय रेग्मी
  • भाद्र ४ २०८३, बिहिबार
तस्विर एआई

पर्वत/  हरितालिका तीजको अवसरमा बुहारी ग्रुप अफ नेपालले डिजिटल प्रणालीमा आधारित खुला तीज गीत/भिडियो प्रतियोगिता आयोजना गरेको छ ।

‘बदलिँदो समाज, बदलिँदो तीज’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा देश तथा विदेशमा रहेका नेपालीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । आयोजकका अनुसार एक समूहमा न्यूनतम ५ देखि अधिकतम १० जनासम्म सहभागी हुन सक्नेछन् । प्रतियोगिताका लागि तयार गरिने भिडियो ४ देखि ६ मिनेटसम्मको हुनुपर्ने छ ।

प्रतियोगितामा सहभागी हुन चाहने समूहले आफ्नो भिडियो २०८३ भदौ १० गते राति १० बजेसम्म ह्वाट्सएपमा पठाउनुपर्नेछ । आयोजकले भिडियो पठाउँदा सम्बन्धित समूहको नाम, ठेगाना तथा सम्पर्क व्यक्तिको विवरण अनिवार्य रूपमा खुलाउनु पर्छ । प्रतियोगितामा सामाजिक सञ्जालमा यसअघि नै सार्वजनिक गरिएका भिडियो भने सहभागी गराउन पाइने छैन । मौलिक तथा नयाँ सिर्जनामा आधारित भिडियो मात्रै प्रतियोगिताका लागि स्वीकार गरिने बुहारी ग्रुप अफ नेपालकी संयोजक लक्ष्मी तिवारीले बताइन् ।

प्रतियोगितामा प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने समूहले पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । तिवारीका अनुसार भिडियोको मूल्याङ्कनमा निर्णायक मण्डलको निर्णयलाई ८० प्रतिशत र फेसबुक पेजमा प्राप्त हुने लाइक, कमेन्ट र शेयरलाई २० प्रतिशत आधार बनाइनेछ ।

तीज पर्वको मौलिकता, सामाजिक सन्देश र बदलिँदो परिवेशलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बुहारी ग्रुप अफ नेपालले जनाएको छ । प्रतियोगितामार्फत नेपालमा मात्रै नभई विदेशमा तीज मनाइरहेका नेपालीलाई समेत जोड्ने लक्ष्य राखिएको छ ।

बुहारी ग्रुप अफ नेपालले इच्छुक समूह तथा व्यक्तिहरूलाई प्रतियोगितामा सहभागी भई आफ्नो सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->