शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

प्रधानन्यायाधीश शर्मा आज पोखरा आउँदै

प्रधानन्यायाधीश शर्मा आज पोखरा आउँदै


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८३, शुक्रबार

पोखरा/ पोखरा प्रधानन्यायधीश डा. मनो्जकुमार शर्मा आज पोखरा आउँदैछन् । उनले विभिन्न अदालतहरुको निरीक्षण गर्ने कार्यक्रमसमेत रहेको छ ।

शर्मा बिहान ९ बजे पोखरा आउने तालिका रहेको छ । पोखरा आउनसाथ उच्च अदालत पोखरामा उनको स्वागत हुनेछ । त्यसपछी उनी कास्की जिल्ला अदालत जानेछन् । त्यहाँ दिउँसो २ बजे कार्यक्रम रहेको छ । उनी आज पोखरामा बस्नेछन् ।

प्रधानन्यायधीश शर्मा भोली शनिवार पर्वत, बागलुङ र म्याग्दी अदालतहरुको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उनी शनिवार बागलुङमै बस्नेछन् । आइतबार फर्केर तनहुँ जाने र त्यहाँबाट फर्केर फेरी पोखरामा बास बस्ने कार्यतालिका रहेको सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->