आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अम्बिका भण्डारीको नयाँ तीजगीत बजारमा

अम्बिका भण्डारीको नयाँ तीजगीत बजारमा


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८३, मंगलबार

पोखरा / गायिका अम्बिका भण्डारीले यसपालिको तीजलाई लक्षित गरी नयाँ गीत बजारमा ल्याएकी छन् । २०६५ बाट हरेक वर्ष तीजमा नयाँ गीत ल्याउने गरेकी भण्डारीले यसपालि ‘भइयो दुईतिर’ बोलको गीत बजारमा ल्याएकी हुन् ।

घरै हुनु रैनछ आमा वनमा बस्ने चरीको
कसलाई सुनाऊँ वेदना यो मुटुभरीको
फूलको थुँपा शिरमै राख्छु दिन्न आमा झर्न भूइँतिर
घर फेरियो, थर फेरियो भइयो दुईतिर

यस्तो भाव रहेको गीतको १४ मिनेटको म्युजिक भिडियोमा उनको आफ्नै युट्युब च्यानल अम्बिका भण्डारीबाट सार्वजनिक भएको हो । स्वर, शब्द र लय उनकै रहेको गीत रेकर्डिङ बासुरी रेकर्डिङ स्टुडियो पोखरामा भएको हो । भावना पन्त र सावित्री अधिकारीको नृत्य रहेको म्युजिक भिडियो सम्पादन एवं निर्देशन रामप्रसाद बास्तोलाले गरेका छन् ।

यसअघि उनका २२ गीत र आधा दर्जन गीत साहित्यिक कृति बजारमा आइसकेका छन् । नेपाली महिलाले कर्मघरमा पाउने अपजस, कठिनाई, पीडा समेटिएको गीतलाई दर्शकले माया गरिरहेको उनको भनाइ छ । ‘दर्शकको साथ पाएकी छु, हरेक वर्ष नयाँ नयाँ मौलिक गीत बजारमा ल्याउने गरेकी छु,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->