बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भूकम्प पछि हिउँपहिरो त्यसपछि बाढी,  पुष्टि गर्न बाँकी

भूकम्प पछि हिउँपहिरो त्यसपछि बाढी,  पुष्टि गर्न बाँकी


  • ढाेरपाटन संवाददाता
  • भाद्र १० २०८३, बुधबार

पोखरा / नेपाल सरकारका परराष्ट्र मन्त्री शिसिर खनालले भूकम्प पछि आएको हिउँपहिरोको कारण भोटेकोशीमा आएको बाढी प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन् ।

उनले प्रतिनिधिसभा बैठकमा बाढीबारे उठेका प्रश्नहरुको जवाफ दिदैँ सो कुरा बताएका हुन् । मन्त्री खनालले चीनतर्फबाट आएको बाढीले नेपालको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशुली, बट्टार, देवीघाट लगायतका स्थानमा निकै ठूलो क्षति पुगेको सुनाए ।

‘अत्यन्त प्रारम्भिक सूचना अनुसार ८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको र त्यसले त्यसका कारणले गर्दा बाढी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्, त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ’ परराष्ट्रमन्त्री खनालले भने ।

भोटेकोशी तथा त्रिशुली नदीको तल्लो क्षेत्रमा जोखिम देखिएको हुँदा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र नागरिकहरूलाई सुरक्षित स्थानमा रहन रिङटोन, ब्याकअप टोन, एसएमएस, माइकिङ, सामाजिक सञ्जाल लगायतका माध्यमबाट तुरुन्तै सूचना सम्प्रेषण गरिएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतलाई उच्च प्राथमिकतामा राखी तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत उनले सुनाए । विपद्को पूर्ण जानकारी नआएको र प्रारम्भिक सूचनाअनुसार

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->