मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

नदी किनारमा मात्रै भेटिए ६४ जनाको शव

नदी किनारमा मात्रै भेटिए ६४ जनाको शव

जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम सुरु गरेका छन्।


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८३, बिहिबार

चितवन / चीनको तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४  शव भेटिएका छन्।

भेटिएका शव सग्लो र केही शरीरका अंगहरू मात्रै पनि छन्।

शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

उनका अनुसार अनुसार तनहुँमा भेटिएका ९ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर पुनःतनहुँ नै फिर्ता गरिएको छ।

जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम सुरु गरेका छन्।

भरतपुर अस्पतालको शवगृहमा शव नअटाए पछि अब भेटिएका शवहरुलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्नेगरी तयारी गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->