मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

सामाजिक सुरक्षामा अग्रणी स्याङ्जाको फेदीखोला गाउँपालिका

सामाजिक सुरक्षामा अग्रणी स्याङ्जाको फेदीखोला गाउँपालिका


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८३, बिहिबार

स्याङ्जा/फेदीखोला गाउँपालिकालेसामुदायिक विद्यालयमा कार्यरत अस्थायी, राहत र करार शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । फेदीखोला सामाजिक सुरक्षा कोष सुरुआत गर्ने देशकै पहिलो पालिका हो ।

फेदीखोलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण दिएपछिअस्थायी, राहतर करार शिक्षकलाई कोषमा लैजाने सम्झौता भएको हो । अस्थायी, राहत र करार शिक्षकको पेशागत ग्यारेन्टी नभएको बताउँदै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कोषमा आबद्धता जनाएका यस्ता शिक्षकले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना र अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा तथा बृद्धावस्था सुरक्षाको सुविधा पाउने उल्लेख गरे ।

पालिकाले अघिल्लो आर्थिक वर्षको कार्यक्रममा समावेश हुन नसकेका अस्थायी,राहततथा करार शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धगरेको हो । आर्थिक अवस्था सुदृढ नहुँदा नहुँदै पनि दृढ इच्छाशक्ति, दृष्टिकोण, दूरगामी दृष्टिकोणले कार्यान्वयनको चरणमा आएको सुवेदीको भनाइ छ ।

अस्थायी, राहत र करार शिक्षकहरुको हकमा सम्बन्धित शिक्षकले आफ्नो परिश्रमिकको २६ प्रतिशत र पालिकाले पाँच प्रतिशत रकम जम्मा गर्ने छ । सुवेदीले १५ वर्षसम्म जम्मा भएको रकमको आधारमा मृत्यु नहँुदासम्म पेन्सनको रुपमा सुविधा पाउने सुनाए ।

पेन्सन लिन चाहेमा जम्मा भएको रकमलाई १ सय ६० ले भाग गरेर आउने रकम पाउने बताउँदै सुवेदीले एकमुष्ठ रकम लिन चाहे पनि पाउने जनाए । गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को सुरुवातबाट विद्यालयका आइटी शिक्षक, विज्ञान शिक्षक, लेखा कर्मचारी, प्रारम्भिक बाल विकास सहजकर्ता शिक्षक, कार्यालय सहयोगीको सामाजिक सुरक्षा कोषमा लगेको थियो ।

अस्थायी, राहत र करार शिक्षक योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा ५५ जनाले आबद्धता जनाएका छन् । पालिकाबाट ५३० जनाले सामाजिक सुरक्षाकोषमा आबद्धता जनाएको सुवेदीले बताउनुभयो ।

नेपालमा औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार गरेर चारवटा सामाजिक सुरक्षा कोष रहेकोमा चारैवटै सुरक्षाकोषमा आबद्धता जनाउने फेदीखोला देशकै पहिलो पालिका बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->