मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

विपद्कोे बेला हुन सक्छ ठगी, सचेत रहन प्रहरीको आग्रह

विपद्कोे बेला हुन सक्छ ठगी, सचेत रहन प्रहरीको आग्रह


  • ढाेरपाटन संवाददाता
  • भाद्र ११ २०८३, बिहिबार

पोखरा /  नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थामा सहयोगको नाममा राज्यको लोगोको दुरुपयोग हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

रसुवा बाढीको वितण्डापछि तहसनहस भएको स्थितिमा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’ को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने सम्भावना रहेकाले सबैलाई सचेत हुन आग्रह गरेको हो ।

यो अवस्थामा दुषित मनासाय भएका व्यक्तिहरुले आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी फर्जी क्यूआर कोड बनाइ ठगि गर्न सक्ने प्रहरीको भनाइ छ ।

हाल सरकारले बनाएको क्युआर कोडको फर्जि बनाइन ठगि हुन सक्ने देखिएको छ । यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक–फरक ‘राहत कोष’ वा ‘सहयोग अभियान’ का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, ‘राहत सहयोग दर्ता’ का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, ‘म सुरक्षित छु, मलाई पैसा पठाइदिनू’ भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन प्रहरीको आग्रह छ ।
रकम पठाउनुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (एःइ ल्भउब)ि को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल -https://www.facebook.com/OPMCMNP पेजबाट मात्र पुष्टि गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->