मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

सञ्जोगले जोगिए तारा र भूपेन्द्र

सञ्जोगले जोगिए तारा र भूपेन्द्र


  • अनिष पाठक
  • भाद्र १२ २०८३, शुक्रबार

बागलुङ (खर्वाङ)
‘म बाँचेछु । म बाँचे । म बाँचेछु । अहिलेसम्म बाँचेछु है म ।’
लगतै हेलिकप्टर देखिन्छ । तीनै युवक चिच्याउँछन्,‘हामी यहाँ छौँ । आयो, आयो ।’
प्रलयकारी बाढीपछि यसरी आत्तिँदै चिच्याउने युवा हुन् तारा केसी । बुधबारको बाढीमा ज्यान बचाउन सफल ताराको घरबागलुङको जैमिनी–८, छिस्ती हो । उनी नेपाल प्रहरीको सहायक हबल्दार छन् ।

तारा आफू केही सेकेन्डले मात्र जोगिएको सुनाउँछन् । उनले फेसबुकमा लेखेका छन्, ‘म अहिलेसम्म जिउदो छु है, कोही आफन्तन आतिनु होला ।’ जिल्ला प्रहरी कार्यालय बेनीमा कार्यरत तारा रसुवा गएको करिब एक महिनाभएको उनका दाजु झकबहादुरले जानकारी दिए । ‘भाइसित भर्खरै पनि कुरा भयो, अहिले रसुवाको जिल्ला प्रहरी कार्यालयमा सुरक्षित छ,’ झकबहादुरले सुनाए ।

गलकोट–६, जंगराका २३ वर्षीय भूपेन्द्र रोकामगर बैशाखमा साथीहरुसँग रसुवा पुगेका थिए । हाइड्रोमा १२ जना मिलेर खाना पकाउने काम सुरु गरेको उनले घरमा सुनाएका थिए ।‘पोखराका साथीहरू पनि छन्, म चाइनाको बोर्डर निजक छु । हाइड्रोमा काम गर्नेहरुको खाना बनाउने काम गर्छु आमा,’ भूपेन्द्रले आमा नरमायालाई भनेका थिए ।

बाढीपछि अत्तालिएकी नरमायाको बुधबार दिउँसभर छोरोसँग सम्पर्क भएन । साँझ बल्ल उनको सम्पर्क भयो । ‘म प्रहरीसित छु आमा, मसँग केही छैन । बाइक पनि बगायो,’ भूपेन्द्रले एकै सासमा आमालाई भने । यति भएपछि नरमायालाई केही ढुक्क भने भएको छ । तर, अहिले मोबाइल अफ छ

यता, गलकोट–६ का वडाध्यक्ष रामप्रसाद कँडेलबाढीपछि वनतर्फ भागेर ज्यान जोगाएका भूपेन्द्रसँग पछिल्लो सयम सम्पर्क नभएको बताउँछन् । ‘अहिलेसम्मको हाम्रो वडाका अरु कोही सम्र्पकविहीन भएको जानकारी छैन । भूपेन्द्रको पछिल्लो जानकारीसहित परिवार र प्रहरीसँग सहकार्य गरेर अवस्था बुझ्ने काम भइरहेको छ,’ कँडेलले भने ।

भूपेन्द्रको हुलियासहित परिवारले पनि प्रहरीमा वितरण टिपाएको छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी वडा नं. २ का रमेश सुनार सम्पर्कमा नरहेको सुनाउँछन् । बाढीपछि रमेश सम्पर्कमा नरहेकाले खोजीको पहल थालेको उनी सुनाउँछन् ।

रसुवाको स्याफ्रुबेँसी स्थित बुद्ध गेस्ट हाउसमा काम गर्ने ढोरपाटन–९, मर्माका २० वर्षीय तुलबहादुर सुनार यो दसैंमा घर आउने योजनामा थिए । पाँच वर्षदेखि घर नआएका उनीबाढीपछि बिहीबार साँझसम्म सम्पर्कविहीन छन् ।

‘पाँच वर्षपछि भाइयो दसैंमा घर आउने योजनामा थियो । मंगलबारसम्म कुरा भएको हो । भाइसम्पर्कमा आएको छैन । सकुसल छ या केही भयो हामीलाई केही जानकारी छैन,’ तुलबहादुरका दाजु प्रेमले भने ।

सम्पर्कविहीन हुनेमा तमानखोला गाउँपालिकाबासीको संख्या धेरै छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाका अनुसार बिहीबारसम्म ९ जना रसुवा सम्पर्कमा छैनन् । अपर त्रिशूली हाइड्रोपावरमा काम गर्ने वडा नंं १ हिजाका ३७वर्षीयपदमबहादुर घर्ती मगर, हिजाकै ३२ वर्षीयईन्द्रकुमार विक, वडा नं. २ बोंगाखानीका ३७वर्षीयभीमबहादुर छन्त्याल र वडा नं. ३ तमानका २२ वर्षीय सञ्जय श्रीपाली सम्पर्कबाहिर छन् ।

तमानखोला–१ रिक्लाङका २२ वर्षीय विष्णु घर्तीमगर, वडा नं. २ बोंगाखानीका अन्दाजी ५० वर्षीयखडक छन्त्याल, वडा नं. ३ तमानका ५० वर्षीयदलप्रसाद बुढा, वडा नं. ४ लाममेलाका ५८ वर्षीयलाता कामी र लाममेलाकै ४७वर्षीयभीमबहादुर बिक परिवारको सम्पर्कबाहिर छन् । पालिकाबाट कामको खोजीमा टाढा टाढा पुग्ने चलन भएकाले यो संख्या अझै बढ्न सक्ने अध्यक्ष बुढाको भनाइ छ ।

यता, जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाभरबाट बेपत्ता भएकाको विवरण संकलन भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->