पोखरा/ रसुवास्थित भोटेकोसी नदीमा यही भदौ १० गते आएको भीषण बाढीपछि बेपत्ता भएकाहरुको सुरक्षा निकायले खोजी तथा उद्धार तीव्र पारेका छन्।
राष्टिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म उद्धार भएका ५ सय ७० जनाको विवरण सार्वजनिक गरेको छ।
अहिलेसम्म ३८९ जनाको शव फेला परेको र ९७७ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको पनि प्रहरीले जनाएको छ।
हेर्नुहोस् उद्धार गरिएका ५७० जनाको विवरण :















भीषण बाढीपछि बेपत्तामध्ये बिहीबार राति १० बजेसम्म ३८९ जनाको शव फेला परेको छ भने ९७७ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।
राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोसी बाढीपछि बेपत्तामध्ये धादिङमा ३३, नुवाकोटमा २८, रसुवामा १७, गोरखामा ३२ (विभिन्न मानव अंगसहित), गोरखामा ३२ (विभिन्न मानव अंगसहित), नवलपरासीपूर्वमा ८७, नवलपरासी पश्चिममा २७, चितवनमा १३७ र तनहुँमा २८ जनाको शव फेला परेको हो।
यस्तै उक्त बाढीपछि सम्पर्कविहीन ९७७ जनामा नेपाल प्रहरीका २८ जना, नेपाल सेनाका ४५ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना, अध्यागमन कार्यालयका ४ जना, भन्सार कार्यालयका १५ जना, रसुवाका १६१ जना (डीईओसीबाट प्राप्त), मकवानपुरका ६६ जना (डीईओसीबाट प्राप्त), विदेशी नागरिक ५१७ जना, नेपाल घुम्न आएका विदेशमै बस्ने नेपाली नागरिक १२७ जना र नुवाकोटका १ जना (डीईओसीबाट प्राप्त) छन्।
यस्तै बाढीमा परी घाइतेको संख्या अहिलेसम्म ७३ जना पुगेको प्राधिकरणले जनाएको छ। जसमा रसुवाका ४३ जना, धादिङका ३ जना र नुवाकोटका २७ जना छन्।






