पोखरा / सामाजिक अभियन्ता तथा उद्यमी बिप्लव हमालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको उनले बताए ।
हमालले बिहीबार, २७ अगस्ट २०२६ मा प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेका हुन्। उनी रोटरी इन्टरनेसनल ड्रिस्ट्रिक ३२९२ नेपाल भुटानको असिस्टेन्ट गोभर्नर तथा लायन्स इन्टरनेशनलका जोन चेयरपर्सन हुन् ।

विपतको दुःखद घडीमा आफूले गरेको सहयोगलाई मानवीय दायित्वका रूपमा लिनुपर्ने बताउँदै हमालले भने, ‘सहयोग रकम सानो वा ठूलोभन्दा पनि विपत्तिमा परेका नागरिकको पीडामा हामीले देखाउने साथ र ऐक्यबद्धता महत्वपूर्ण हुन्छ। आफ्नो क्षमताअनुसार सबैले सहयोगको हात अगाडि बढाउनुपर्छ।’
प्राकृतिक विपत्तिका कारण पीडामा रहेका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारी कोषमा सहयोग गर्ने अभियानमा निजी क्षेत्र, सामाजिक संस्था तथा आम नागरिकको समेत सहभागिता आवश्यक रहेको हमालले बताए ।
राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर तहमा अध्ययनरत हमाल सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय छन्।





