मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

पोखरामा नालीको भेलले बगाएका आमाछोरीको मृत्यु

पोखरामा नालीको भेलले बगाएका आमाछोरीको मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८३, शनिबार

पोखरा / पोखराको मेयर हर्क चोकमा सडकको नालीमा आएको पानीको भेलले बगाएर गम्भिर घाइते भएका आमा र छोरीको उपचारको क्रममा ज्यान गएको छ ।

२६ वर्षकी सुष्मा दाहाल र उनकी २ वर्षकी छोरी रानीका दाहालको मृत्यु भएको हो । शुक्रबार दिउँसो बिरौटाबाट पृथ्वीचोक तर्फ आउँदै गरेको ग १३ प २८५९ नम्बरको स्कुटरबाट ओर्लने क्रममा उनीहरुलाई भेलले बगाएको थियो ।

स्कुटर सुष्माका श्रीमान ३० वर्षका कमल दाहालले चलाएका थिए । अत्याधिक वर्षा भएपछि कमलले बाटोमा स्कुटर साइड लगाएर झर्न खोज्दा सडक किनारको नालीमा बगिरहेको तीव्र भेलले पहिला छोरीलाई बगाएको थियो । छोरीलाई समाउने क्रममा आमा सुष्मालाई समेत नालीले बगाएको थियो ।

घटनाबारे थाहा पाएलगत्तै डिएसपी सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सक्रियतामा उनीहरुलाई दिउँसो ४ बजेर २३ मिनेट जाँदा बिरौटास्थित फेवा नहरको कुलोबाट उद्धार गरिएको थियो ।

उद्धारपछि दुवै जनालाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएकोम उपचारका क्रममा सुष्माको शुक्रबार राति ९ बजेर ४० मिनेटमा र छोरी रानीकाको शनिबार बिहान १ बजेर २१ मिनेटमा ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।
दुवैको शव अहिले सोही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->