सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

हाइड्रोको सुरुङमा फसेकाहरुको उद्धारका लागि भारतीय टोली रसुवामा

हाइड्रोको सुरुङमा फसेकाहरुको उद्धारका लागि भारतीय टोली रसुवामा

त्रिशूली-३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धार तीव्र, ८२ जनाको टोली परिचालन


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८३, शनिबार
सुरुङभित्र प्वाल पार्ने तयारीमा उद्धार टोली । फाइल तस्बिर

पोखरा / रसुवा स्थित त्रिशूली ३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि भारतीय टोली शनिबार आइपुगेको छ ।

उद्धार सहायताका लागि आएको भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दाहालले सुरुङमा थुनिएका मानिसहरुको उद्धारकमा लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको उल्लेख गरिन् । शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको उनको भनाइ छ ।

​टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो। ​सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ।

सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने चुनौतीपूर्ण बनेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->