बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

जलविद्युत् आयोजनामा फसेका अझै ८९८ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनामा फसेका अझै ८९८ जना सम्पर्कविहीन


  • ढाेरपाटन संवाददाता
  • भाद्र १३ २०८३, शनिबार

पोखरा/भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका तथा कार्यरतमध्ये ८९८ जना अझै सम्पर्कविहीन छन् । उद्धार टोलीले हालसम्म ३६१ जनाको उद्धार गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले उपलब्ध गराएको विवरणअनुसार भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । ती आयोजनामा अझै पनि ८९८ जना सम्पर्कविहीन छन् ।

उद्धार गरिएकामध्ये ठूलो संख्या माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कर्मचारी तथा श्रमिक रहेका छन् । २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाबाट मात्रै २५४ जनाको उद्धार गरिएको इप्पानले जनाएको छ ।

उक्त आयोजनाको सुरुङमा अझै करिब ३०० जना फसेको अनुमान छ । उनीहरूको उद्धारका लागि चीनबाट समेत विज्ञको टोली नेपाल आइपुगेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट १८ जना र ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजनाबाट ९१ जनाको जीवितै उद्धार गरिएको छ । यी आयोजनाबाट उद्धार गरिएका समेत गरी हालसम्म उद्धार हुनेको संख्या ३६१ पुगेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->