मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

राहत कोषमा निसिखोलाको ३ लाख

राहत कोषमा निसिखोलाको ३ लाख


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८३, शनिबार

बागलुङ/ भोटेकोशी बाढीका पीडितलाई बागलुङको निसिखोला गाउँपालिकाले सहयोग गर्ने भएको छ । गाउँपालिकाको तर्फबाट ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष सूर्यबहादुर घर्तिले जानकारी दिए ।

अध्यक्ष घर्तिले भोटेकोशी नदीमा आएको बिनासकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत विभिन्न स्थानमा अकल्पनीय जनधनको क्षति, विस्थापन तथा ठूलो मानवीय पीडा उत्पन्न भएकोप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदनासमेत अर्पण गरेका छन् । ‘सम्पर्कविहीन नागरिकको खोज, राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सहयोग गर्ने उद्देश्यले सहयोग गरिएको हो,’ अध्यक्ष घर्तिले भने ।

गाउँ कार्यपालिकाकाले शनिबार बसेको बैठकले राहत कोषमा रकम जम्मा गर्ने निर्णय लिएको प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->