आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३
  • १४ भाद्र २०८३ , आइतबार
  • August 30 2026

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन आग्रह

सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको बताए ।

  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८३, आइतबार
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

काठमाडौं / रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिए ।

सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको बताए ।

यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->