सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

पहिचान हुन नसकेका शव वैकल्पिक व्यवस्थापन गरिदै

पहिचान हुन नसकेका शव वैकल्पिक व्यवस्थापन गरिदै

कास्की ल्याइएकामध्ये आइतबार साँझसम्म १५ वटामात्र हस्तान्तरण भएका छन् । बाँकी ८७ वटा शवको पहिचान हुन सकेन ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८३, सोमबार

पोखरा/भोटेकोशी बाढीमा मृत्यु भएकामध्ये १ सय २ जनाको शव पोखरा ल्याइयो । शव व्यवस्थान र आफन्तलाई हस्तान्तरणका लागि सहज होस् भनी विभिन्न जिल्लाबाट पोखरा ल्याइए पनि धेरैजसो शव पहिचान नै हुन सकेनन् ।

कास्की ल्याइएकामध्ये आइतबार साँझसम्म १५ वटामात्र हस्तान्तरण भएका छन् । बाँकी ८७ वटा शवको पहिचान हुन सकेन । ८७ वटा शवको पोस्टमार्टम भइसकेको छ । धेरैको पहिचान हुन नसकेको र दुर्गन्धसमेत फैलिन थालेपछि शवको वैकल्पिक व्यवस्थापन गर्ने तयारी भएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले शव व्यवस्थापनको स्थान यकिन भइसकेको जनाउँदै पहिचान हुन नसकेका शवहरु व्यवस्थापन गर्न लागिएको बताउँछन् । सोमबार बिहान सर्वदलीय बैठक बसी यसबारे निर्णय गर्ने तयारी छ ।

‘लामो समय शव राख्दा बिग्रिने भएकाले व्यवस्थापनमा पनि अप्ठ्यारो भो । पहिचान नभएकालाई बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ र अन्तर्राष्ट्रिय रेडक्रस (आइसिआरसी) को विपद्सम्बन्धी मार्गदर्शनलाई ध्यानमा राखेर व्यवस्थापन गर्ने तयारीमा छौँ’, उनले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सोमबारबाट वैकल्पिक व्यवस्थापन सुरु हुने सुनाए । ‘शवको पोस्टमार्टम चलिरहन्छ । “पोस्टमार्टम भएका तर पहिचान हुन बाँकी शवहरु सोमबार बिहानबाट वैकल्पिक व्यवस्थापन सुरु हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->