मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

मेसीले अर्जेन्टिनाका समर्थकलाई विगत २० वर्षदेखि दिएको प्रेमका लागि धन्यवाद दिएका छन्।


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८३, सोमबार

काठमाडौं / विश्व फुटबलका महान् खेलाडी एवं अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेसीले यस्तो घोषणा गरेका हुन् ।

मेसीले लेखेका छन्, ‘यो निर्णयले मेरो आत्मालाई दुखाएको छ र अझै दुखिरहेको छ। तर अब यही सही समय हो भन्ने मैले बुझेको छु ।’

उनले राष्ट्रिय टोलीमा आफ्नो यात्रा निकै भावुक रहेको उल्लेख गर्दै आफूले अब दिनुपर्ने केही बाँकी नरहेको बताएका छन् । मेसीले नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीहरू राष्ट्रिय टोलीमा आउँदै गरेकाले उनीहरूलाई अवसर दिनुपर्ने पनि बताएका छन् ।

‘म राष्ट्रिय टोलीमा रहेर खेल्न मन पराउँथेँ र सधैँ मन पराइरहनेछु। मैले आफूलाई पूर्ण रूपमा समर्पित गरिसकेको छु। अब मसँग दिनका लागि केही बाँकी छैन,’ उनले भनेका छन् ।

मेसीले अर्जेन्टिनाका समर्थकलाई विगत २० वर्षदेखि दिएको प्रेमका लागि धन्यवाद दिएका छन्। अब आफू टोलीको बाहिरबाट समर्थक बनेर अर्जेन्टिनालाई साथ दिने उनले बताएका छन् ।

उनले परिवार, प्रशिक्षक, सहकर्मी खेलाडी तथा टोलीका पदाधिकारीप्रति पनि आभार व्यक्त गरेका छन् । अर्जेन्टिनाका लागि आफ्ना सहकर्मीहरूसँग मिलेर ‘सपना जस्ता क्षण’ दिन सकेकोमा आफू गर्व महसुस गर्ने मेसीले बताएका छन् ।

मेसीले आफ्नो यो निर्णयबारेको लेखाइ जुलाई २१ मा, फाइनलको दुई दिनपछि तयार पारेको खुलाएका छन् । तर आफ्ना बुबाको निधनपछि आफू राष्ट्रिय टोलीबाट सन्यास लिने निर्णयमा झनै दृढ भएको उनले बताएका छन् ।

‘यी शब्द मैले फाइनलको दुई दिनपछि जुलाई २१ मा लेखेको थिएँ। आज, मेरो बुबासँग भएको घटनापछि, म पहिलेभन्दा पनि बढी विश्वस्त छु,’ मेसीले लेखेका छन्।

मेसीले अर्जेन्टिनाबाट २०७ खेलमा १२५ गोल गरेका छन् । उनले फिफा विश्वकप, कोपा अमेरिका लगायतको प्रतिष्ठित प्रतियोगिता जितेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->