मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

अपडेट: विदुर नगरपालिकाको एउटै घरभित्र फेला परे २३ शव

अपडेट: विदुर नगरपालिकाको एउटै घरभित्र फेला परे २३ शव

सार्वजानिक एक तस्वीरमा करिब २ दर्जन शव एउटै कोठाभित्र असरल्ल छरिएको अवस्थामा देखिन्छ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८३, मंगलबार

नुवाकोट / विदुर नगरपालिका-१० स्थित एउटै घरभित्र २३ जनाको शव फेला परेका छन्। मंगलबार खोजतलासको क्रममा एउटै कोठामा २१ र बाहिरपट्टी २ वटा शव फेला परेको उद्धारमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए।

भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा एउटै घरभित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए।

उनका अनुसार शवको संख्या भने एकिन भइसकेको छैन। ‘हो, बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ। यद्यपि पानी परेको र राति पनि भइसकेका कारणले शव कतिवटा छन् भन्ने एकिन भने भइसकेको छैन,’ एसपी रेग्मीले भने।

सार्वजानिक एक तस्वीरमा करिब २ दर्जन शव एउटै कोठाभित्र असरल्ल छरिएको अवस्थामा देखिन्छ। विदुर नगरपालिकाका वडा सदस्य मंगल तामाङले २२ वटा शव उक्त घरमा रहेको बताए।

‘सोमवार २२ जनाको शव एउटै घरमा फेला पर्‍यो। एउटा ठूलो घरमा हो। ड्रोन पठाएर हेर्न आग्रह गरेका थियौं,’ वडा सदस्य तामाङले भने।

थप सुरक्षाकर्मीहरूसहितको टोली उक्त घरमा पुग्दा ठूलो संख्यामा शव भेटिएको उनले जानकारी दिए। ‘यो घरबाट आज ५-६ वटा शव निकाल्यो। अरु त्यहीँ छ। अस्ति प्रयास गरेको थियो सकेन। हिजो पनि प्रयास गरेको सकेन । सोमवार सशस्त्रहरू पनि गयो। अनि धेरै भेटियो। १६ वटा शव अझै त्यहीँ छ,’ उनले थप भने, ‘धेरै शवहरू चिन्न नसक्ने अवस्थामा छ।’

प्रहरीका अनुसार उक्त शवहरू भेटिएको घरमा मंगलबार बिहान पुन: उद्धार र खोजको काम अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->