मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बाढी प्रभावितलाई निर्माण र होटल व्यवसायीको राहत

बाढी प्रभावितलाई निर्माण र होटल व्यवसायीको राहत


  • ढाेरपाटन संवाददाता
  • भाद्र १६ २०८३, मंगलबार

बागलुङ/भोटेकोशी बाढी प्रभावितका लागि निर्माण व्यवसायी संघ र होटल व्यवसायी संघले सहयोग गरेका छन् । बाढी प्राभावितको उद्वार र राहतको लागि निर्माण व्यवसायीले १ लाख १ सय ७ रुपैया र होटल व्यवसायीले १ लाख ७५ हजार सहयोग गरेका हुन् ।

बाढी प्रभावितको राहतको लागि प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा रकम जम्मा गरिएको निर्माण व्यवसायी संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए । संघले बेपत्ता भएकाहरुको सकुशल उद्दार तथा प्रभावित परिवारको सुरक्षित पुनःस्थापनाको लागि निर्माण व्यवसायीलाई व्यक्तिगत रुपमा पनि सहयोग गर्न आग्रह गरेको छ ।

यस्तै होटल व्यवसायी संघ बागलुङले बाढी पीडितका लागि १ लाख ४५ हजार १ सय रुपैया सहयोग गरेको छ । संघले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नका लागि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई नगद हस्तान्तरण गरेको हो ।

भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको संघका उपाध्यक्ष ललिता थापाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->