काठमाडौं / रसुवा बाढी पिडितको सहयोगका लागि सौर्य उर्जा व्यवसायीहरुले ‘उज्यालो कोशेली’ पठाएका छन् । सौर्य उर्जा व्यवसायीहरुको साझा संस्था नेपाल सौर्य बिधुत उत्पादक संघले बाढी पिडितहरुको लागि उज्यालो कोशेलीको रुपमा सोलार सिस्टम पठाएको हो ।
विपद प्राधिकरणले अतिआवश्यक भनेको सोलार सिस्टमहरु बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोटका बाढी पिडितहरुका लागि पठाइएको संघका अध्यक्ष भरत मल्लले बताए । उनका अनुसार उक्त सामाग्री नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत मंगलबार प्रभावित क्षेत्रमा पठाइएको हो ।

बरिष्ठ उपाध्यक्ष दिपक गौतमका अनुसार बाढी पिडितको सहयोगार्थ अत्याआवश्यक सौर्य बत्तिहरु २० वाटको पोर्टेवल लाईट १०५ सेट, संस्थागत सौर्य प्रणाली २ किलो वाटको १ सेट आज बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई हस्तान्तरण गरिएको हो । संघका महासचिव नेत्र खत्रीले उज्यालो लागि सोलार सामाग्रीहरु जुटाउन सहयोग र समन्वय गर्ने सदस्य कम्पनीहरुलाई धन्यवाद दिए ।





