मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

स्याङ्जामा वडाध्यक्षमाथि मोविल छ्यापियो

स्याङ्जामा वडाध्यक्षमाथि मोविल छ्यापियो


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८३, मंगलबार
तस्विर एआई

स्याङ्जा/ चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि अपरिचित व्यक्तिहरूले मंगलबार मोविल छ्यापेका छन्।

मंगलबार दिउँसो करिब १ बजेको समयमा वडा कार्यालयमै रहेका वडाध्यक्ष वस्तीमाथि मोविल छ्यापिएको हो।

आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट विनियोजनका क्रममा गाउँ, बस्ती तथा टोल भेला नगरी सार्वजनिक महत्वका विषयमा एकलौटी निर्णय गरी नगर कार्यपालिकामा योजना पेस गरेको भन्दै अपरिचित व्यक्तिहरूले वडाध्यक्ष वस्तीमाथि मोविल छ्यापेको प्रहरीले जनाएको छ ।

स्याङ्जा प्रहरीका सूचना अधिकारी एवं डिएसपी रमेश दत्त अवस्थीका अनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले मोविल छ्याप्ने व्यक्तिहरूको पहिचान तथा खोजतलास गरिरहेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->