मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

ढोरपाटनकर्मी शर्मालाई ‘कला-गौरी स्मृति पत्रकारिता’ पुरस्कार

ढोरपाटनकर्मी शर्मालाई ‘कला-गौरी स्मृति पत्रकारिता’ पुरस्कार

गुहेली सञ्चार सहकारी संस्थाको २० औं वार्षिक साधारणसभाको अवसरमा शर्मालाई नगद पुरस्कारसहित प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।


  • ढाेरपाटन संवाददाता
  • भाद्र १६ २०८३, मंगलबार

बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकको अनलाइन संस्करण ढोरपाटनन्युज डट कमका सम्पादक रन्जिता शर्मालाई ‘कला-गौरी स्मृति पत्रकारिता’ पुरस्कार–२०८२ प्रदान गरिएको छ ।

मंगलबार काठेखोला गाउँपालिका-२ भीमापोखरामा आयोजित गुहेली सञ्चार सहकारी संस्था लि. बागलुङको २० औं वार्षिक साधारणसभाको अवसरमा शर्मालाई सम्मानसहित सो पुरस्कार प्रदान गरिएको हो ।

शर्मालाई काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष खिमबहादुर कार्की, भीमापोखराका वडा अध्यक्ष विद्यापति शर्मा र ‘कला-गौरी स्मृति पत्रकारिता’ पुरस्कारका संस्थापक टिकाराम उपाध्यायले नगद पुरस्कारसहित प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कला–गौरी स्मृति अक्षयकोषका संस्थापक टिकाराम उपाध्यायले आफ्ना आमाबाबुको स्मृतिमा कला–गौरी स्मृति अक्षयकोष पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।

२०६४ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल शर्मा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको कार्यसमिति सदस्य र प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको उपाध्यक्ष हुन् ।

पुरस्कार ग्रहण गर्दै शर्माले आफुले प्राप्त गरेको पुरस्कार र सम्मानले पत्रकारिता क्षेत्रमा थप क्रियाशिल हुन प्रेरणा मिलेको बताईन् । उनले आयोजक संस्था गुँहेली सञ्चार सहकारी संस्था र पुरस्कारका संस्थापकप्रति आभार ब्यक्त गर्दै आफुले निरन्त्तर नागरिक पत्रकारिता गरिरहन हौसला मिलेको बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->