मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

स्याङ्जा सहयोग समाजको प्रधानमन्त्री राहत कोषमा २० लाख सहयोग

स्याङ्जा सहयोग समाजको प्रधानमन्त्री राहत कोषमा २० लाख सहयोग


  • ढाेरपाटन संवाददाता
  • भाद्र १८ २०८३, बिहिबार

पोखरा/  स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले प्रधानमन्त्री राहत कोषमा २० लाख सहयोग गरेको छ । रसुवाको भोटेकोशीमा भदौ १० गते बुधबार गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि समाजले २० लाख आर्थिक सहयोग गरेको हो ।

आर्थीक सहयोग संकलनमा एनसीसी जापानले ४ लाख २९ हजार, अमेरिकाले ४ लाख २८ हजार, कतारले २ लाख ७० हजार, बेल्जियमले १ लाख ५० हजार, साउदी अरब, फ्रान्स र बहराईनले १÷१ लाख सहयोग गरेको संस्थाका अध्यक्ष मिन बहादुर क्षेत्रीले जानकारी दिए ।

संस्थामा अवद्ध दक्षिण कोरिया, युएई र अष्ट्रेलियाले पहिले नै लाखौ रुपैया सहयोग गरिसकेका छन् भने कुवेत, नेदरल्याण्ड्स, स्पेन, पोर्चुगल र बेलायतले समेत देश दुःखेको बेलामा आर्थिक सहयोग गरिसकेको महासचिव ओमप्रकाश पोख्रेलले बताए । संस्थाका कोषाध्यक्ष चिरन्जीवी ढकालका अनुसार सस्थागत सहयोग स्वरुप रमेश श्रेष्ठले १ लाख, अन्तराष्ट्रिय समन्वय समितिले ६३ हजार, नारायण शर्माले ५०, हेमन्त रानाभाट र संस्थाका अध्यक्ष क्षेत्रीले २५ हजार, क्रोशिया, डेभिड गुरुङ र कमल न्यौपानेले २०/२० हजार सहयोग गरेका छन् ।

सहयोग गर्नेहरुमा समाजसग आवद्ध खगेन्द्र गैह्रे, एमपी अर्याल, गुप्तप्रसाद गैह्रे, थमनसिंह रानाभाट, गंगाबहादुर खड्का, पिताम्बर अर्याल, हिमालाल डुम्रे , हरी लुइटेल, मनु क्षेत्री, टुकराज अर्याल, प्रकाश श्रेष्ठ, धर्म पराजुली, चिरन्जीवी ढकाल, माया केसी, राजेश पाण्डे, मुक्ति सुवेदी, शुरेस रेग्मी, अनन्तकुमार श्रेष्ठ, ओमप्रकाश पोख्रेल, तारा गौडेल, टी आर गौडेल, एकेन्द्र थापा लगायत रहेका छन् ।

कतारबाट सेवा शुरु गरेको स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले यस भन्दा पहिले स्याङजा जिल्लामा करिब १२ करोड कोरोना, मृगौला, मुटु, क्यान्सर लगायतको विरामीहरुलाई सहयोग गर्दै आएको छ । संस्थामा हाल सम्म करिब २० देशले आबद्ध जनाएका छन् भने आवद्धताका निम्ति रोजगारको सिलसिलामा स्याङजालीहरु भएका अन्य देशहरु समेत आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->