मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

भदौ २३ गते सार्वजनिक बिदा, जेन-जी शहीद दिवस मनाइने

भदौ २३ गते सार्वजनिक बिदा, जेन-जी शहीद दिवस मनाइने

शिक्षामन्त्री सस्मित पोखरेलले देशका विभिन्न स्थानमा भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको योगदानलाई चिरस्थायी बनाउन सार्वजानिक विदासहित दिवस मनाउन लागिएको जानकारी दिए।


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८३, शुक्रबार

पोखरा / सरकारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मान र स्मरणमा आगामी भदौ २३ गतेलाई जेन-जी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको छ।

उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ। विहिवार बसेको मन्त्रिपरिषद्को बैठकले युवाहरूको योगदान र बलिदानको कदर गर्दै हरेक वर्ष भदौ २३ गतेलाई राष्ट्रिय रूपमै दिवस मनाउने र बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले देशका विभिन्न स्थानमा भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको योगदानलाई चिरस्थायी बनाउन यो कदम चालिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->