सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

विद्यालयभित्रै शिक्षकको गोली हानी हत्या, एकजना पक्राउ

विद्यालयभित्रै शिक्षकको गोली हानी हत्या, एकजना पक्राउ


  • ढाेरपाटन संवाददाता
  • भाद्र १९ २०८३, शुक्रबार

संखुवासभा/  संखुवासभाको मकालु गाउँपालिका–१ का शिक्षकको गोली हानी हत्या भएको छ । बिहिबार चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत सिलिचोङ गाउँपालिका–५ याफु घर भई विद्यालयमै बस्दै आएका ३६ वर्षीय शिक्षक नर कुबिर खम्बु राईको गोली हानी हत्या भएको हो ।

खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाहिर निस्किएका बेला उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । अचानक बन्दुक पड्किएजस्तो आवाज आएपछि सोही विद्यालयमा बस्ने शिक्षिका टिकामाया राई बाहिर निस्केर हेर्दा नर राई ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पारिएको थियो ।

घटनाको अनुसन्धानका लागि संखुवासभा, मकालु–१ सिउँडीबारी बस्ने ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->