सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

बागलुङ कालीकाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेरै दियो बाढी पीडितका लागि ११ लाख बढी सहयोग

बागलुङ कालीकाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेरै दियो बाढी पीडितका लागि ११ लाख बढी सहयोग

अर्थमन्त्री डा. वाग्लेले संकटको घडीमा बागलुङ कालिका गुठीले देखाएको मानवीय संवेदनशीलता र सहयोगको सराहना गरे ।


  • ढाेरपाटन संवाददाता
  • भाद्र १९ २०८३, शुक्रबार

बागलुङ / बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि पहिले घोषणा गरेको रकममा थप गरेर अर्थमन्त्रीलाई बुझाएको छ । संघिय सांसद सुशिल खड्काको रोहवरमा समितिका अध्यक्ष राम बहादुर खड्काले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको सचिव निशान खड्काले बताए।

गुठी व्यवस्थापन समितिले सुरुमा ५ लाख सहयोग गर्ने घोषणा गरेको भएपनि सो रकममा थप गरेर सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई शुक्रवार भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

चेक ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले संकटको घडीमा बागलुङ कालिका गुठीले देखाएको मानवीय संवेदनशीलता र सहयोगको सराहना गरे । उक्त रकम बाढी पीडितको आवश्यकताका आधारमा पारदर्शी ढङ्गले राहत र पुनरुत्थानमा उपयोग गरिने अर्थमन्त्री वाग्लेको भनाई थियो ।

धार्मिक तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएको बागलुङ कालिका भगवती गुठीले यसअघि पनि विभिन्न दैवी प्रकोप र संकटका समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको समितिका अध्यक्ष खड्काले बताए । खड्का हालैमात्र अध्यक्षमा मनोनित भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->