मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

स्याङ्जामा मोटरसाइकल र ट्याक्सी ठोक्किँदा युवकको मृत्यु

स्याङ्जामा मोटरसाइकल र ट्याक्सी ठोक्किँदा युवकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८३, शुक्रबार

स्याङ्जा /  स्याङ्जाको पुतलीबजार नगरपालिका–४, नौडाँडामा मोटरसाइकल र ट्याक्सी एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

आज दिउँसो करिब ४.२० बजे नौडाँडाबाट सेतीदोभानतर्फ जाँदै गरेको ग.२५ प. ९६२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग.१ ज. २४९३ नम्बरको ट्याक्सी आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक आँधीखोला गाउँपालिका–६ निवासी २४ वर्षीय घनश्याम ढकाल घाइते भएका थिए। घाइते ढकाललाई उपचारका लागि पोखरा पठाइएकोमा साँझ ५.२५ बजे गण्डकी अस्पताल, पोखरामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी एवं डिएसपी रमेश दत्त अवस्थीले बताए ।

ट्याक्सी चालक ३९ वर्षीय हरिराम पौडेल प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->